तप्राङ्गमा पहिरोका कारण दुई परिवार विस्थापित
पाेखरा | असार २१, २०८०
तस्बिर: डिल बहादुर क्षेत्री (वडाध्यक्ष)
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ्गस्थित भेडीखर्कमा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् ।
गएको असार १९ गते परेको अविरल वर्षाका कारण मादी ६ मा पर्ने काहुँखोला दुधपोखरी ग्रामिण सडकको दोस्रो खण्डमा सजुक भेडीखर्कचोकमा पहिरोका कारण तीन घर विस्थापित भएकाे वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार अन्य तीन घरपरिवार पहिरोको जोखिम परेको छ ।
‘गएको असार १९ गते परेको अविरल वर्षाका कारण काहुँखोला दुधपोखरी ग्रामीण सडकको दोस्रो खण्डमा पहिरोले क्षति पु¥याएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने, ‘पहिरोले दुई परिवारकाे तीन घर पूर्ण क्षति भएसँगै विस्थापित नै बनाएको छ भने तीन घर परिवारलाई जोेखिम बढाएको छ ।’

पहिरोका कारण कमलापति बरालको दुई घर र दिपक बरालको घर र गोठ पहिरोका कारण विस्थापित भएको र सम्सेर पाण्डे, भगवान सिं गुरुङ र विष्णुमाया घर्तिको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
‘पहिरोका कारण विस्थापित भएका दुई घर परिवार मध्ये एकलाई आफन्तको घरमा र एक घरपरिवारलाई समाज घरमा व्यवस्थापन गरेका छौं’, उनले भने, ‘राहतका लागि वडा कार्यालयबाट गाउँपालिकाका सिफारिस गरेका छौं ।’
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

