तप्राङ्गमा पहिरोका कारण दुई परिवार विस्थापित
पाेखरा | असार २१, २०८०
तस्बिर: डिल बहादुर क्षेत्री (वडाध्यक्ष)
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ्गस्थित भेडीखर्कमा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् ।
गएको असार १९ गते परेको अविरल वर्षाका कारण मादी ६ मा पर्ने काहुँखोला दुधपोखरी ग्रामिण सडकको दोस्रो खण्डमा सजुक भेडीखर्कचोकमा पहिरोका कारण तीन घर विस्थापित भएकाे वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार अन्य तीन घरपरिवार पहिरोको जोखिम परेको छ ।
‘गएको असार १९ गते परेको अविरल वर्षाका कारण काहुँखोला दुधपोखरी ग्रामीण सडकको दोस्रो खण्डमा पहिरोले क्षति पु¥याएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने, ‘पहिरोले दुई परिवारकाे तीन घर पूर्ण क्षति भएसँगै विस्थापित नै बनाएको छ भने तीन घर परिवारलाई जोेखिम बढाएको छ ।’

पहिरोका कारण कमलापति बरालको दुई घर र दिपक बरालको घर र गोठ पहिरोका कारण विस्थापित भएको र सम्सेर पाण्डे, भगवान सिं गुरुङ र विष्णुमाया घर्तिको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
‘पहिरोका कारण विस्थापित भएका दुई घर परिवार मध्ये एकलाई आफन्तको घरमा र एक घरपरिवारलाई समाज घरमा व्यवस्थापन गरेका छौं’, उनले भने, ‘राहतका लागि वडा कार्यालयबाट गाउँपालिकाका सिफारिस गरेका छौं ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

